Kathmandu Press

सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, कात्तिक ११ : काठमाडौंको सिनामंगलमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा पर्साका...
सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, कात्तिक ११ : काठमाडौंको सिनामंगलमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साका २६ वर्षीय सुनिलप्रसाद महतो रहेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति सवा ११ बजे महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

Hardik ivf

घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुरको टिकाथली बस्ने रामेछापका ३० वर्षीय अम्बरबहादुर पहरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

गएराति पौने ११ बजे बा ४ ख ८७२५ नम्बरको टिपरले बाग्मती प्रदेश ०२ ०३० प ९५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रकाशित मिति: ०९:५८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्