Kathmandu Press

मादीका बाढी पीडितलाई राहत

गण्डकी, कात्तिक ११ : गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...
मादीका बाढी पीडितलाई राहत

गण्डकी, कात्तिक ११ : गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरे।

गत असार १ गते मादी नदीमा आएको बाढीले पूर्ण क्षति पु¥याएका ११ घर परिवारलाई जनही रु एक लाखका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरे। बाढी पहिराले घर पूर्ण क्षति पु¥याउनेलाई मनाङका हकमा रु दुई लाख र अरु जिल्लाका हकमा रु एक लाख उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो।

Hardik ivf

कार्यक्रममा भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ र दूधराज गुरुङलाई मुख्यमन्त्री पोखरेलले राहत प्रदान गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुःखमा सधैँ साथमा रहेको जनाउँदै तीन तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र रहेको तथा प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर रहेको उल्लेख गरे।

बिना विभागीयमन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ति आएको जनाउँदै विपत्तिको सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको र ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन्। कार्यक्रममा संविधान सभा सदस्य तेजकुमारी पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी–१ का वडाध्यक्ष सुरज गुरुङ, वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङलगायतले बाढी पीडितलाई सरकारले प्रदान गरेको राहतले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

 

प्रकाशित मिति: ०९:४२ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्