Kathmandu Press

तिहारको तयारी (तस्बिरहरू)

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै गाउँघर तथा शहर-बजारमा तयारी सुरु भएको छ।
तिहारको तयारी (तस्बिरहरू)
तस्बिरहरू : सुजल बज्राचार्य

काठमाडौं, कात्तिक ११ : नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै गाउँघर तथा शहर-बजारमा तयारी सुरु भएको छ।

कतै फूलको माला बनाउन सुरु गरिएको छ, भने कतै झिलिमिलि पार्न दीयो बनाउन सुरु भएको छ। काठमाडौंमा भने माटोको प्याला बनाउन थालिएको छ।

तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्व मानिन्छ। दीपावलीमा दीप प्रज्ज्वलन गरेर घर तथा आगन उज्यालो पारिन्छ।

अहिले विद्युतीय दीप पनि आएका छन्। तर, काठमडौंका थुप्रै बस्तीमा भने दीप प्रज्ज्वन गर्न माटोको प्याला बनाउने प्रचलन रहेको छ।

 

प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्