आज एसियन कपमा नेपाल र ताजिकिस्तान भिड्दै
काठमाडौं, कात्तिक ११ : एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको...
काठमाडौं, कात्तिक ११ : एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँभ ७ः४५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेल हारेको थियो। समूह बी मा रहेको नेपाल इरानसँग ४-० गोलले पराजित भएको थियो।
ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।
यो समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ।
नेपालले अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ।
प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











