Kathmandu Press

महिला टि–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं, कात्तिक १० : आसन्न महिला टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रुविना क्षेत्रीको...
महिला टि–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं, कात्तिक १० : आसन्न महिला टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट प्रशिक्षक जगत टमटाले १४ सदस्यीय टिम छनोट गरेका हुन्। 

महिला टि–२० विश्वकपको एसियन छनोटका लागि घोषणा गरिएको टिममा कप्तान रुविनासँगै डली भट्ट, सीता रानामगर, करुणा भण्डारी र इन्दु बर्मा छन्। यस्तेरु सरिता मगर, सरस्वती चौधरी, ज्योति पाण्डे, काजोल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राईले पनि नेपाली टिममा स्थान बनाएका छन्।

यस्तै,  सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी वैकप्लिक खेलाडीका रुपमा रहेका छन्।

विश्वकपका एसियन छनोट आगामी नोभेम्बरमा युएईमा हुनेछ। छनोटमा नेपालसँगै युएई, हङकङ, भुटान, कुवेत र मलेसिया गरी ६ टिम सहभागी छन्।

प्रकाशित मिति: २०:५० बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्