Kathmandu Press

मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

काठमाडौं, कात्तिक १० : उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथिको अतिक्रमण रोकेर मौलिक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्दै भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न आग्रह गरेका छन्। 

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा संयुक्तरूपमा आयोजित परिषद्को १०औँ सम्मेलन एवं ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को आज उद्घाटन गर्दै उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ– हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔँ। प्रवर्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौँ।’

Hardik ivf

सो अवसरमा उपराष्ट्रपति पुनले प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’, ‘नेपाली लोककविताको काव्यशास्त्रीय विश्लेषण’, ‘लोकवार्ता सिद्धान्तका आधारमा घरगीत’ र परिषद्द्वारा प्रकाशित ‘नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गर्नुभएको थियो।  

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा भौगोलिक, भाषिक तथा सांस्कृतिकलगायत अनेक विविधता रहेको उल्लेख गर्दै तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गरे। सो विभागका प्रमुख प्राज्ञ डा देवी नेपालले नेपाली लोकवार्ताको उन्नयनका निम्ति भएका प्रगतिबारे जानकारी गराए।

लोकवार्ता परिषद्, नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा डा प्रेम खत्रीले नेपाली लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा सम्वर्धनका लागि परिषद्ले गरिरहेका कामका बारेमा बताए।

कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरिएको थियो। सोही अवसरमा परिषद्ले समाजसेवी तथा लोकवार्ता अभियन्ता बमकुमारी बुढामगर र डा राज्यश्री श्रेष्ठलाई उपराष्ट्रपति पुनले बुढामगर र श्रेष्ठलाई सम्मानपत्र अर्पण गरेका थिए।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्