Kathmandu Press

अब्दुल्लाह अल्मुताइरीको एन्फासँग तीन वर्ष सम्झौता थप 

काठमाडौं, कात्तिक १० : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन्...
अब्दुल्लाह अल्मुताइरीको एन्फासँग तीन वर्ष सम्झौता थप 

काठमाडौं, कात्तिक १० : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गरेका एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरी त्यतैबाट कुवेत फर्केका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् ।

उनले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्