Kathmandu Press

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं, कात्तिक १० : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका ५ बसुन्धरा बस्दै आएकी अर्घाखाँची पाणिनीकी ३५...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 
Hardik ivf

काठमाडौं, कात्तिक १० : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका ५ बसुन्धरा बस्दै आएकी अर्घाखाँची पाणिनीकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० चुन्नीखेलबाट पक्राउ गरेको हो।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ। 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्