Kathmandu Press

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

काठमाडौं, कात्तिक १० : पर्सा र बाग्लुङमा भएको आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएका छन्।पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित उच्च मंगल माध्यमिक विद्यालयको लेखा फाँटको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

काठमाडौं, कात्तिक १० : पर्सा र बाग्लुङमा भएको आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएका छन्।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित उच्च मंगल माध्यमिक विद्यालयको लेखा फाँटको कोठामा विद्युतको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा ल्यापटपलगायत समानहरु जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

Hardik ivf

बागलुङको बडिगाड गाउँपालिका–७ भित्रेनी बस्ने धन बहादुर थापाको घरमा विद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र जिन्सी सामान जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्