नियन्त्रित लागूऔषधसहित तीनजना पक्राउ
काठमाडौं, कात्तिक १० : सर्लाही र रौतहटबाट नियन्त्रित लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थितबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ९ बोतल...
काठमाडौं, कात्तिक १० : सर्लाही र रौतहटबाट नियन्त्रित लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थितबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ९ बोतल विन्सिरेक्स र एकसय एमएलको १ सय ४ बोतल कोडीवेल सहित हरिवन नगरपालिका–६ बस्ने ४० वर्षीय मोहन कुमार अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। हाल मोटरसाइकल सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरेहको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर चोकबाट ३ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका–५ पोखरीया बस्ने २२ वर्षीय रोज महमदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा ईश्वरपुर नगरपालिका–२ बस्ने ३७ वर्षीय देवेन्द्र दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












