Kathmandu Press

महिला फुटबल : गैंडाकोटकाे विजयी सुरुआत

काठमाडौं, कात्तिक १० : गैंडाकोट नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...
महिला फुटबल : गैंडाकोटकाे विजयी सुरुआत

काठमाडौं, कात्तिक १० : गैंडाकोट नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
    
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हेटाैंडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो। गैँडाकोटको जितमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो। 

जितसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ। प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले १० समूहमा विभाजन गरेको छ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन्।

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्