Kathmandu Press

ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला

फुङ्लिङ, कात्तिक १० : ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट...
ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला
Hardik ivf

फुङ्लिङ, कात्तिक १० : ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो।

जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए। 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्