Kathmandu Press

मेयर कप भेट्रान्स फुटबल : आर्मीको दोस्रो जित

काठमाडौं, कात्तिक १० : राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जित दर्ता गराएको छ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज...
मेयर कप भेट्रान्स फुटबल : आर्मीको दोस्रो जित

काठमाडौं, कात्तिक १० : राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जित दर्ता गराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो। 

पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो। 

आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे। यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु. दुई लाख ५० हजार पाउनेछन् । 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्