Kathmandu Press

एमालेमा युवाको आकर्षण बढीरहेको छ : सचिव गुरुङ

लमजुङ, कात्तिक १० : एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा युवाको आकर्षण बढिरहेको बताएका छन्। प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा उनले...
एमालेमा युवाको आकर्षण बढीरहेको छ : सचिव गुरुङ

लमजुङ, कात्तिक १० : एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा युवाको आकर्षण बढिरहेको बताएका छन्। 

प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो।’ 
 
सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्