Kathmandu Press

९४ तोला चाँदीसहित पक्राउ 

मोरङ, कात्तिक १० : ९४ तोला चाँदीसहित मोरङबाट एकजना पक्राउ परेका छन्।रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्वेन्द्र...
९४ तोला चाँदीसहित पक्राउ 

मोरङ, कात्तिक १० : ९४ तोला चाँदीसहित मोरङबाट एकजना पक्राउ परेका छन्।

रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्वेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो। 

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्