गोकर्णेश्वरमा पटाकासहित एकजना पक्राउ
काठमाडौं, कात्तिक १० : गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोजकुमार चौधरीलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब...
काठमाडौं, कात्तिक १० : गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोजकुमार चौधरीलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाकासहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त पसलमा पटाका भण्डारण गरी ब्रिकी गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:१५ बजे, बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












