Kathmandu Press

पहिरामा ज्यान गुमाएका परिवारलाई दुई लाख

मान्म, कात्तिक १० : कालीकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु. दुई लाख राहत हस्तान्तरण गरिएको छ।गत असोज ५ गते परेको अविरल...
पहिरामा ज्यान गुमाएका परिवारलाई दुई लाख

मान्म, कात्तिक १० : कालीकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु. दुई लाख राहत हस्तान्तरण गरिएको छ।

गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो। 

Hardik ivf

रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान गुमाएका थिए। जिल्ला विपत् व्यवस्थापन समितिले मृतक सुरेन्द्रका बुबा अमनाथलाई रु. दुई लाख रकम हस्तान्तरण गरेको हो। 

सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निणर्य गरेको र सोही रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

‘अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ,’ उनले भने, ‘पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।’

गत असोज ५ गते बिहान स्युना गाउँ जाने क्रममा माथिबाट पहिरासँगै खसेको रुखले लागेर सुरेन्द्र गम्भीर घाइते भएका थिए। घाइते सुरेन्द्रको रास्कोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्लामा बाढीपहिराका कारणले यसै महिना एक जनाको मृत्यु भएको र राहतका लागि पहल थालिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्