Kathmandu Press

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

जलेश्वर, कात्तिक १० : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८...
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
Hardik ivf

जलेश्वर, कात्तिक १० : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्। जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०९:३५ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्