कर्णालीमा लोकसेवा सम्बन्धी अध्यादेश जारी
सुर्खेत, कात्तिक १० : कर्णाली प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२...
सुर्खेत, कात्तिक १० : कर्णाली प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन्।
प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्।
प्रदेश सभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेश सभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको हो।
प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन्।
प्रकाशित मिति: ०७:११ बजे, बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












