Kathmandu Press

एक युवक खोलामा मृत भेटिए, दुई बेपत्ता

बैतडी, कात्तिक १० : बैतडीमा एक युवक खोलामा मृत भेटिएका छन् भने दुई जना बेपत्ता रहेका छन्।पाटन नगरपालिका–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी...
एक युवक खोलामा मृत भेटिए, दुई बेपत्ता

बैतडी, कात्तिक १० : बैतडीमा एक युवक खोलामा मृत भेटिएका छन् भने दुई जना बेपत्ता रहेका छन्।

पाटन नगरपालिका–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मृत फेला परेका छन् । उनी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

Hardik ivf

बजार जानका लागि सोमबार घरबाट निस्केका उनी साँझ नफर्केपछि खोजी थालिएको थियो। खोजी गर्ने क्रममा स्थानीय गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।   

यस्तै नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जना फेला परेका छैनन्। डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो। उनी कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए।  

यसैगरी, जमाडी खोलामा बेपत्ता भएकी डिलाशैनी–४ मठैराजकी २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन्। उनी कात्तिक २ गतेदेखि बेपत्ता छिन्।

 

प्रकाशित मिति: ०७:०१ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्