Kathmandu Press

पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौं, कात्तिक १० : पाकिस्तानले टि–२० विश्वकपमा लागतार दोस्रो जित निकालेको छ। गएराति शारजाहमा भएको खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको हो।लगातार...
पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौं, कात्तिक १० : पाकिस्तानले टि–२० विश्वकपमा लागतार दोस्रो जित निकालेको छ। गएराति शारजाहमा भएको खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको हो।

लगातार दोस्रो जितसँगै पाकिस्तान सुपर सिक्सको समूह २ बाट सेमिफाइनल नजिक पुगेको छ। पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो। अब अफगानिस्तान, स्कटल्यानड र नामिबियासँग खेल्नेछ।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १३५ रनको सामान्य लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा आसिफ अलीले १२ बलमा २७ र सोएब मल्लिकले २० बलमा २६ रनको महत्वपूर्ण इनिङ खेले।

न्युजिल्यान्डका लागि इश सोधीले २ विकेट लिए भने मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो। डारयल मिचेल र डेभोन कन्वेले समान २७ रन बनाउँदा कप्तान केन विलियम्सनले २५ रन बनाए।

न्युजिल्यान्डलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानमा हरिस रउफले घातक बलिङ गरे। उनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। यस्तै, साहिन साह अफ्रिदी, इमद वासिम र मोहम्मद हाफिजले सामान १ विकेट लिए।

प्रकाशित मिति: ०६:४९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्