Kathmandu Press

मुस्कानको थप उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग

मुस्कानको थप उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग
Hardik ivf

वीरगञ्ज, कात्तिक ९ : प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ। 

मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए।

यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो। यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले दुई लाख रुपैयाँ र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख रुपैयाँ गरी जम्मा तीन लाख रुपैयाँ सहयोग गरेको थियो। यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि पाँच लाख रुपैयाँ सहयोग गरेको थियो।

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्