Kathmandu Press

कांग्रेस तरुण विभागले साफ उपविजेता नेपाली टिमलाई सम्मान गर्ने 

काठमाडौं, कात्तिक ९ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाली कांग्रेसको तरुण विभागले सम्मान गर्ने भएको...
कांग्रेस तरुण विभागले साफ उपविजेता नेपाली टिमलाई सम्मान गर्ने 

काठमाडौं, कात्तिक ९ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाली कांग्रेसको तरुण विभागले सम्मान गर्ने भएको छ।

विभागले पहिलो पटक साफको उपविजेता बनेको नेपाली टिमलाई नगदसहित सम्मान गर्ने भएको हो । विभागले बुधबार एक कार्यक्रम गर्दै साफ उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

तरुण विभागले नेपाली टिमको सम्मानका लािग राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने छ । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो।

उपविजेता नेपाली टिमका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने सरकारले घोषणा गरेको छ।

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्