फुजिमा आयलले बीमामार्फत उपभोक्तालाई क्षतिपूर्ति दिने
विराटनगर, कात्तिक ९ : फुजिमा आयल कम्पनी प्रालिले आफ्नो उत्पादनले कुनै पनि हानी नोक्सानी भएमा बीमाबापत उपभोक्तालाई नोक्सानी बेहोर्ने योजना ल्याएको छ।कम्पनीद्वारा आज...
विराटनगर, कात्तिक ९ : फुजिमा आयल कम्पनी प्रालिले आफ्नो उत्पादनले कुनै पनि हानी नोक्सानी भएमा बीमाबापत उपभोक्तालाई नोक्सानी बेहोर्ने योजना ल्याएको छ।
कम्पनीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक सुबोध कोइरालाले २०५२ सालदेखि आफ्ना गुणस्तरीय उत्पादन बजारमा ल्याएको कम्पनीले उपभोगकर्ता माझ अझ दरिलोरुपमा उभिन र यसको प्रयोग बढाउन बीमा योजना ल्याएको बताए। स्वदेशी उत्पादनले मुलुकको अर्थतन्त्रमा पनि निकै टेवा दिने भएको उनको भनाइ थियो। वार्षिक करिब २० अर्ब रुपैयाँको कारोबार भइरहेको लुब्रिकेन्ट्समा नेपाली उत्पादनले ३५ प्रतिशत मात्र उपभोक्तामाझ पुग्न सफल भएको कम्पनीले यसको बजार बढाउन नै बीमाको योजना ल्याएको बताइएको छ।
तीन दशकदेखि नेपाली बजारमा नेपाली उत्पादनलाई आम उपभोक्तासमक्ष पु¥याएर आम उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्सको उत्पादक फुजिमा आयल कम्पनीले नेपालमै पहिलोपटक ऐतिहासिकरूपमा उत्पादनको प्रयोगपछिको ग्यारेन्टी बीमा गरेको निर्देशक कोइरालाले बताए।












