Kathmandu Press

विद्युतीय अपराधको नियन्त्रणका लागि अनलाइन टीभी पत्रकार संघद्वारा गृहमन्त्री खाणको ध्यानाकर्षण 

काठमाडौं, कात्तिक ९ : अनलाइन टीभी पत्रकार संघ नेपालले विद्युतीय अपराध दिनप्रतिदिन वढिरहेको अवस्थामा न्यूनीकरण गर्नका लागि गर्नुपर्ने कार्यहरुका बिषयमा गृह मन्त्रालयको ध्यानाकर्षण...
विद्युतीय अपराधको नियन्त्रणका लागि अनलाइन टीभी पत्रकार संघद्वारा गृहमन्त्री खाणको ध्यानाकर्षण 

काठमाडौं, कात्तिक ९ : अनलाइन टीभी पत्रकार संघ नेपालले विद्युतीय अपराध दिनप्रतिदिन वढिरहेको अवस्थामा न्यूनीकरण गर्नका लागि गर्नुपर्ने कार्यहरुका बिषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष जीवन भण्डारीको नेतृत्वमा गएको टिमले आज गृह मन्त्री वालकृष्ण खाणलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।

Hardik ivf

संघले प्रहरीले इन्टरनेटका माध्यममा भइरहेका पत्रकारिता र गैह्र पत्रकारिता छुट्याउनु पर्ने, सवैलाई एकै तरिकाले हेर्न नहुने, नियोजित रुपमा प्रहरीले दुःख दिने, झुटा मुद्धा लगाउने कार्य तत्काल बन्द गर्नुपर्ने,  विद्युतीय कारोवार ऐनको धारा-४७ को दुरुपयोग तत्काल रोक्नु पर्ने, राज्यबाट दिइने सहुलियत, अवसर र पहुँचमा अनलाइन टीभी कर्मीहरुलाई पनि समानता हुनुपर्ने लगायतका कार्य तत्काल गर्नुपर्ने लगायतका बिषयबस्तु ध्यानाकर्षण पत्रमा उल्लेख छन् ।  

यस्तै, संघले इन्टरनेटको माध्यमबाट नेपालमा भइरहेका पत्रकारिताको अभ्यासलाई व्यवस्थीत गर्न गरिरहेको प्रयासका बारेमा जानकारी समेत गराएको छ । 

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्