छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं, कात्तिक ९ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा डेरा गरी बस्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन्। संखुवासभा मकालु गाउँपालिका १ घर...काठमाडौं, कात्तिक ९ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा डेरा गरी बस्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
संखुवासभा मकालु गाउँपालिका १ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।
कास्की, पोखरा महानगरपालिका ३१ बेगनास बसपार्क नजिक ईनारमा अन्नपूर्ण गाउँपालिका ३ भदौरे देउराली बस्ने २३ वर्षीय राजु लामिछाने मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका ९ भैँसे बजार नजिक खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
सुर्खेत, गुर्भाकोट नगरपालिका ९ चिसापानीस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब २९ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
बाँके, कोहलपुर नगरपालिका ११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउण्डस्थित फोहर फाल्ने ठाउँमा मंगलबार वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












