Kathmandu Press

जोरपाटीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, कात्तिक ९ : गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित सडकमा बा.६३ प ६२०४ नम्बरको स्कुटरलाई बा.२ ख १३८ नम्बरको ट्याङकरले ठक्कर दिएको छ। मंगलबार...
जोरपाटीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
Hardik ivf

काठमाडौं, कात्तिक ९ : गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित सडकमा बा.६३ प ६२०४ नम्बरको स्कुटरलाई बा.२ ख १३८ नम्बरको ट्याङकरले ठक्कर दिएको छ। मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका ४ माकलबारीका ४४ वर्षीय गंगाराज राईको मृत्यु भएको छ।
 
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुस्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ। 

ट्याङकर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्