Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ 

बाँके, कात्तिक ९ : कोहलपुर  नगरपालिका ८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।उक्त घरमा...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ 
Hardik ivf

बाँके, कात्तिक ९ : कोहलपुर  नगरपालिका ८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३ लाख ४९ हजार ७ सय ५ रूपैयाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो। 

उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 
 

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्