Kathmandu Press

टाउको र पेटमा पानी जमेका बालकको उपचारमा सहयोगको आग्रह

काठमाडौं, कात्तिक ९ : काभ्रे बनेपाका एक तीन महिनाका एक बालकको टाउको र पेटमा पानी जमेको पाइएको छ । उपचारका लागि परिवारले सहयोगको...
टाउको र पेटमा पानी जमेका बालकको उपचारमा सहयोगको आग्रह

काठमाडौं, कात्तिक ९ : काभ्रे बनेपाका एक तीन महिनाका एक बालकको टाउको र पेटमा पानी जमेको पाइएको छ । उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ ।

बनेपा भोलाखा टोलकी रुस्मा शाहीले गत साउनमा काठमाडौं थापाथलीस्थित परोपकार तथा स्त्री रोग अस्पतालमा पहिलो बच्चालाई जन्म दिएकी थिइन् । जन्मेलगत्तै उनको टाउको र पेटमा पानी जमेको परीक्षणमा पाइएको थियो ।

Hardik ivf

दसैं अगाडि करिब १० दिन बालकलाई धुलिखेल अस्पतालमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि चिकित्सकले घर पठाएका थिए । तर, फेरि समस्या आएपछि गत शनिबार पुनः धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।

रुस्माका अनुसार उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि डेढ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले बताएको छ ।

‘नर्मल डेलिभरी भएको थियो । अस्पतालले जन्मेदेखि नै बच्चाको टाउकोमा पानी जमेको छ भनेको थियो । लगभग एक लाख ५० हजार खर्च लाग्छ भनेको छ,’ उनले भनिन् ।

आर्थिक अवस्था कमजोर भएकाले बालकको परिवारले उपचारमा सहयोगको अपील गरेको छ । त्यसका लागि परिवारले मोबाइल नम्बर ९८१३३२९९५८ र ९८१३९९१५०३ र ई–सेवा आईडी ९८१३३२९९५८ (रोहित शाही) उपलब्ध गराएको छ ।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्