Kathmandu Press

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महोत्तरी, कात्तिक ९ : महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ ।बर्दिवास नगरपालिका–१ भप्सिपुलस्थित सडकमा ना.६ ख १३४० नम्बरको ट्रकले प्रदेश २–०२–००२...
महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महोत्तरी, कात्तिक ९ : महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ ।

बर्दिवास नगरपालिका–१ भप्सिपुलस्थित सडकमा ना.६ ख १३४० नम्बरको ट्रकले प्रदेश २–०२–००२ प १३४० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दिवास नगरपालिका–३ बस्ने ३० वर्षीय डिल्लीराम कटेलको मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवास हुँदै मेडिसिटी अस्पताल नख्खु ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने २८ वर्षीय मिलम श्रेष्ठको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ।  

 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्