Kathmandu Press

झारफुकको बहानामा श्रीमती र छोरीको हत्या

इलाम, कात्तिक ९ : झारफुक गर्ने बहानामा इलाममा एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् ।देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय...
झारफुकको बहानामा श्रीमती र छोरीको हत्या

इलाम, कात्तिक ९ : झारफुक गर्ने बहानामा इलाममा एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् ।

देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।  उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको विभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

 

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्