Kathmandu Press

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ९ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा...
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ९ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको छ। आज कृषिसँग सम्बन्धित काम र यात्रा तथा घुमफिर गर्दा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

Hardik ivf

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया बदली रहनेछ।

आज दिउँसो देशका धेरै जसो भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

राति आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्