Kathmandu Press

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

कञ्चनपुर, कात्तिक ९ : कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ।स्थानीय बासिन्दाका गोठमै छिरेर चितुवाले चौपाया मार्न थालेपछि शुक्लाफाँटा...
चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

कञ्चनपुर, कात्तिक ९ : कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ।

स्थानीय बासिन्दाका गोठमै छिरेर चितुवाले चौपाया मार्न थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई वटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए।

दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेको छ। साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन्।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्