Kathmandu Press

बाढी पीडितलाई एनआरएनको सहयोग

काठमाडौं, कात्तिक ८ : गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ ।एनआरएनले पीडितलाई आज...
बाढी पीडितलाई एनआरएनको सहयोग

काठमाडौं, कात्तिक ८ : गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ ।

एनआरएनले पीडितलाई आज राहत उपलब्ध गराएको हो । कञ्चनपुरका बाढी पीडितलाई एनआरएनका अध्यक्ष भुवन पन्त यहाँ आफै आएर सहयोग गरेका हुन ।

Hardik ivf

“वडा नं. १३ का ७५ बाढी पीडित परिवारलाई राहत उपलब्ध गराएका छौँ”, स्थानीयस्तरमा समन्वय गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधवप्रसाद जोशीले भने, “दोधारा चादँनी र भीमदत्तको तटीय क्षेत्रमा मङ्गलबार राहत वितरण गर्दैछौँ ।” एनआरएनका राहत वितरण संयोजक मनोज गोर्खालीले पहिलो चरणमा  ८० लाख बराबरको राहत प्याकेज वितरण गरिरहेको जानकारी दिए ।

उनले पहिलो चरणमा पीडितको बस्तीका अति विपन्न समुदायका ३०० परिवारलाई राहत सामग्री वितरण गरिने बताए । एनआरएनले रु ३५ हजार बराबरको त्रिपाल, लत्ता कपडा, खाद्यान्न लगायत सामग्री हस्तान्तरण गर्न लागेको छ ।

प्रकाशित मिति: २०:३९ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्