Kathmandu Press

यू–२३ एसियन कप छनोट पहिलो खेलमा नेपाल इरानसँग पराजित

यू–२३ एसियन कप छनोट पहिलो खेलमा नेपाल इरानसँग पराजित

काठमाडौं, कात्तिक ८ : नेपाल एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा पराजित भएको छ ।

सोमबार ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–०ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकैको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो ।

बलियो इरानले नेपालविरुद्ध ४७, ७७, ७९ र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेको थियो । समूह बी मा रहेको नेपालले दोस्रो खेल बिहीबार आयोजक ताजाकिस्तानको सामना गर्नेछ ।

नेपालले अन्तिम खेल आइतबार लेबनानसँग खेल्ने छ ।

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्