विभिन्न जिल्लामा ६ जना मृत फेला
काठमाडौं, कात्तिक ८ : कास्की, रौतहट, नवलपरासी (पश्चिम), उदयपुर र तनहुँबाट ६ जना मृत अवस्थामा फेला परेका छन्। कास्कीको पोखरा महानगरपालिका–२६ जलधारेस्थित प्रतिक्षालयमा...
काठमाडौं, कात्तिक ८ : कास्की, रौतहट, नवलपरासी (पश्चिम), उदयपुर र तनहुँबाट ६ जना मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–२६ जलधारेस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन, नखुलेकी ६५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
रौतहटको राजदेवी नगरपालिका–४ स्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रौतहटको फतुवाविजयपुर नगरपालिका–५ सन्तपुरस्थित फर्निचर सञ्चालन गरी बस्ने सोही नगरपालिका(८ घर भएका ३८ वर्षीय जितेन्द्र ठाकुर आफ्नै फर्निचरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–७ बेलानी बस्ने ४५ वर्षीय एकनारायण शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ त्रियुगा खोला किनारामा सोही नगरपालिका(१२ बस्ने ७५ वर्षीय खड्ग बहादुर बिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको ब्यास नगरपालिका–१० बैरेनी बस्ने ७४ वर्षीय सोमे बोटे सोही नगरपालिका(५ चापाघाटस्थित सेती नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
आइतबार दिउँसो औषधि लिन जान्छु भनि घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा सोही नदीको किनारमा शव फेला परेको हो।












