लागूऔषधसहित तीनजना पक्राउ
काठमाडौं कात्तिक ८ : लागूऔषधसहित उदयपुरबाट एक र पर्साबाट दुई गरी तीनजना पक्राउ परेका छन्। उदयपुरको कटारी नगरपालिका–६ भोर्ले जंगलबाट ५३ किलो अवैध लागूऔषध...
काठमाडौं कात्तिक ८ : लागूऔषधसहित उदयपुरबाट एक र पर्साबाट दुई गरी तीनजना पक्राउ परेका छन्।
उदयपुरको कटारी नगरपालिका–६ भोर्ले जंगलबाट ५३ किलो अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–९ सोरुम छबिसेका २० वर्षीय प्रेम परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कटारिबाट खटिएको प्रहरीले उनलाई बोरामा गाँजा बोकी जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पर्साको वीरगन्ज महानगरपालिका–१६ बाइपासस्थित मन्दिर अगाडिबाट नियन्त्रित लागूऔषध १ सय एमएलको विन्सिरेक्स २ सय ३७ बोतल र नाइट्राभेट ६ सय ट्याब्लेट सहित दुईजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ ठेगाना भएका २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छ्न्।
बा४च १०२१ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको पछाडि सिटमुनी राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












