शृंखलाबद्ध चोरीमा संलग्न व्यक्तिहरु पक्राउ
काठमाडौं, कात्तिक ८ : शृंखलाबद्ध चोरीमा संलग्न तीनजना पक्राउ परेका छन्।काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तीय संघसंस्था गरी नौ स्थानमा चोरी गर्ने कार्यमा संलग्न...
काठमाडौं, कात्तिक ८ : शृंखलाबद्ध चोरीमा संलग्न तीनजना पक्राउ परेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तीय संघसंस्था गरी नौ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र काठमाडौं कपन मिलनचोक बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भएका ३९ वर्षीय हरिप्रसाद रसाइली रहेका छन्।
काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरिद गर्ने हरिप्रसाद समेतलाई पक्राउ गरेको हो।












