Kathmandu Press

रेडपाण्डाको छालासहित काठमाडौंमा पाँचजना पक्राउ  

काठमाडौं, कात्तिक ८ : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँचजना पक्राउ परेका छन्।   काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सत्कार क्याफेबाट रेडपाण्डाको करिब ९० सेन्टिमिटर लम्बाई र १५...
रेडपाण्डाको छालासहित काठमाडौंमा पाँचजना पक्राउ  

काठमाडौं, कात्तिक ८ : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँचजना पक्राउ परेका छन्।   

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सत्कार क्याफेबाट रेडपाण्डाको करिब ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाइ भएको १ थान छाला र ६ थान मोबाइलसहित पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काठमाडौं–६ बस्ने काभ्रे रोशी गाउँपालिका–३ घर भएका २६ वर्षीय युवक लामा, नुवाकोट पन्चकन्या गाउँपालिका–४ घर भएका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ घर भएका २२ वर्षीय अरुण राई, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २० वर्षीय सुभाष गिरी र काठमाडौं गोकर्ण बस्ने रसुवा गोसाइकुण्ड गाउँपालिका–६ घर भएका २० वर्षीय दावा घले रहेका छन्। 

काठमाडौं चावहिल क्षेत्रमा प्रतिबन्धित दुर्लभ रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्नका लागि लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई बिक्री गर्ने उद्देश्यले ल्याएको उक्त छाला सहित पक्राउ गरेको हो। 

उनीहरुलाई उक्त छाला सहित आवश्यक कारवाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्