Kathmandu Press

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङ, कात्तिक ८ : गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।जिल्लाका...
दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङ, कात्तिक ८ : गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन्। अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन्।

Hardik ivf

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी हुन्। उनी गृहिणी हुन्। घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन्।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य हुन्। गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छन्। थापा रेडक्रसकर्मीसमेत हुन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी छन्। शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन  वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए। त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे।

 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्