अवरुद्ध केआइसिंह राजमार्ग पूर्ण रूपमा सञ्चालन
डडेल्धुरा, कात्तिक ८ : गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गको रडुवामा अवरुद्ध सडक...
डडेल्धुरा, कात्तिक ८ : गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो। राजमार्ग अस्थायीरुपमा खुलेको हो। साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छाडिएको उनले बताए।
प्रकाशित मिति: १५:५५ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












