Kathmandu Press

भैरहवामा विराट धर्मसभा सुरु

भैरहवा, कात्तिक ८ : विश्व ओमकार एकता महाभियानको आयोजनामा रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा  ‘विराट धर्मसभा’ आज (सोमबार) सुरु भएको छ। सभामा प्रवचन दिन भारतबाट...
भैरहवामा विराट धर्मसभा सुरु

भैरहवा, कात्तिक ८ : विश्व ओमकार एकता महाभियानको आयोजनामा रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा  ‘विराट धर्मसभा’ आज (सोमबार) सुरु भएको छ। 

सभामा प्रवचन दिन भारतबाट जगतगुरु शंकराचार्यसहित एक दर्जन धर्मगुरुहरु आएका छन्। मंगलबारसम्म चल्ने धर्मसभामा नेपाल र भारतका धर्मगुरुहरुले प्रवचन दिनेछन्।

Hardik ivf

जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ। सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सयभन्दा धेरै संस्थाका धर्मगुरुसहित हजारौंको सहभागिता रहेको बताइएको छ।

धर्मसभामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पालगायतका जिल्लाबाट समेत सयौं संख्यामा उपस्थिति रहेको आयोजकले जनाएको छ।

सभामा हिन्दु धर्मको रक्षाबारे छलफल र बहस हुने बताइएको छ।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्