जनप्रगतिशील मञ्च स्पेन र गिरीले गरे रामेछापको विद्यालयलाई आर्थिक सहयोग
रामेछाप, कात्तिक ८ : रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँस्थित पुण्य आधारभूत विद्यालयलाई माओवादी केन्द्र समर्थित जनप्रगतिशील मञ्च स्पेन र स्थानीय समाजसेवी दिनेशकुमार गिरीले...
रामेछाप, कात्तिक ८ : रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँस्थित पुण्य आधारभूत विद्यालयलाई माओवादी केन्द्र समर्थित जनप्रगतिशील मञ्च स्पेन र स्थानीय समाजसेवी दिनेशकुमार गिरीले नगद सहयोग प्रदान गरेका छन्।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जनप्रगतिशील मञ्च स्पेनबाट प्राप्त नगद १ लाख र दिनेशकुमार गिरीबाट प्राप्त १ लाख गरी २ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रममा युवा नेता तथा समाजसेवी राजीवराज गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज आरनले आफ्ना भनाइ राख्दै सहयोगी दाताहरुलाई धन्यवाद दिए।
सो अवसरमा विद्यालयका तर्फबाट सहयोगी दाताहरुलाई सम्मानसमेत गरिएको थियो।
प्रकाशित मिति: १३:४८ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












