Kathmandu Press

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ : काठमाडौं र बझाङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ : काठमाडौं र बझाङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Hardik ivf

यस्तै, बझाङको छबिसपाथिभेरा गाउँपालिका(१ जालिबगरस्थित सडकमा प्रदेश ०२ ०१६ प ८९८१ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक दुर्गाथली गाउँपालिका–७ बस्ने २४ वर्षीय दिपेन्द्र दौल्यालको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय कृष्ण बहादुर दौल्यालको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ११:५१ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्