Kathmandu Press

यौन दुर्व्यवहारको आरोपमा विदेशी नागरिक पक्राउ

पोखरा, कात्तिक ८ : यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट...
यौन दुर्व्यवहारको आरोपमा विदेशी नागरिक पक्राउ

पोखरा, कात्तिक ८ : यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई पक्राउ गरेको हो। तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको आरोप उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

Hardik ivf

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको हमालले जानकारी दिए।

उनको साथबाट एक ल्यापटप, एक मोबाइल, राहदानीसहित कागजपत्र नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्