Kathmandu Press

आज नेपाली यू-२३ टोली इरानसँग भिड्दै

काठमाडौं, कात्तिक ८ : एएफसी यू-२३ एसियन कप छनोटका लागि आज नेपालको टोली इरानसँग पहिलो खेल खेल्दै छ।नेपाल र इरानबीच अपराह्न ४ः४५ बजे...
आज नेपाली यू-२३ टोली इरानसँग भिड्दै

काठमाडौं, कात्तिक ८ : एएफसी यू-२३ एसियन कप छनोटका लागि आज नेपालको टोली इरानसँग पहिलो खेल खेल्दै छ।

नेपाल र इरानबीच अपराह्न ४ः४५ बजे खेल हुनेछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमा इरानसँग भिड्न लागेको हो।

यसअघि नेपालले इरानसँग हार ब्यहोरेको थियो। इरानमै भएको खेलमा ५-० को फराकिलो हार ब्यहोरेको थियो।

एएफसी यू-२३ छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा आयोजक ताजिकिस्तान र लेबनान पनि छन्।

नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्