टी-२० विश्वकपमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो
काठमाडौं, कात्तिक ७ : आईसिसी टी–२० विश्वकप अन्तर्गत आइतवार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटको हराएको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले...
काठमाडौं, कात्तिक ७ : आईसिसी टी–२० विश्वकप अन्तर्गत आइतवार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटको हराएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो । नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।
श्रीलंकाको जितमा असलंकाले ४९ बलमा ८० रन बनाए। सानदार पारी खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। श्रीलंकाको जितका लागि भानुकाले पनि ३१ बलमा ५३ रन जोडे भने पठुम निसांकले २४ रनको योगदान दिए। त्यसअघि पहिलो पारीमा बंगलादेशका लागि मोहम्मद नैम र मुश्फिकुर रहमानले अर्धशतकीय पारी खेले।
नैमले ५२ बलमा ६२ रन बनाए भने रहिमले ३७ बलमा ५७ रन बनाए। शनिबार पहिलो दुई खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो भने इंङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो।
आजकै अर्को खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ।











