Kathmandu Press

बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना

काठमाडौं, कात्तिक ७ : नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोत साधन प्रयोग गरी खोज तथा उद्धार...
बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना
Hardik ivf

काठमाडौं, कात्तिक ७ : नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ। सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी ईलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो।

कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठूलो ढुङ्गा झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा बिष्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ। अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरामा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो।

सेनाद्वारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्याधिक चिसोको कारण लेक लागि धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भए पश्चात सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुञ्चेमा पुर्‍याएको जनाएको छ। 

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्