Kathmandu Press

मन्त्री श्रेष्ठ दुबई प्रस्थान

काठमाडौं, कात्तिक ७ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’...
मन्त्री श्रेष्ठ दुबई प्रस्थान
Hardik ivf

काठमाडौं, कात्तिक ७ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ।

श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिले पनि सहभागी हुनेछन्।

यही कात्तिक १२ गतेसम्म हुने डाइलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल रहेका छन्।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्