Kathmandu Press

एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान

काठमाडौं, कात्तिक ७ : नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ। गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा...
एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान
Hardik ivf

काठमाडौं, कात्तिक ७ : नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ। गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिए। उनका अनुसार अबका दिनमा पार्टीका कामकारबाही त्यहीँबाट सञ्चालन गर्ने गरी पार्टी र प्रतिष्ठानबीच समझदारी भएको छ। 

लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो। विसं २०७२ को भूकम्पमा सो भवन भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारिएको थियो। गत वैशाख ९ गते थापाथलीमा कार्यालय सारिएको थियो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोही दिन मदननगरमा नयाँ भवनको शिल्यान्यास गरेका थिए। तेह्र रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गामा दुई वर्षभित्रमा भवन बनाइने बताइएको छ। थापाथलस्थित कार्यालय साँघुरो भएकाले केही समयदेखि पार्टीले बैठक र कार्यक्रमहरू च्यासलस्थित प्रतिष्ठानमा नै गर्दै आएको थियो। मदननगरस्थित भवन २०५३ सालमा निर्माण गरिएको थियो।

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्